काठमाडौ,  गर्मीमा पसिना धेरै बग्ने तथा थकान बढी हुने हुँदा शरीरलाई हाइड्रेट, स्वस्थ र फिट राख्नका लागि खानपानमा केही परिवर्तन गर्नुपर्ने हुन्छ । गर्मीमा शरीरलाई पौष्टिक प्रदान गर्न र हाइड्रेटेड राख्न धेरै मौसमी फल र तरकारीहरू प्रशस्त पाइन्छ । पानी पिउनुबाहेक पानीले भरिएका सब्जीको सेवनले गर्मी महिनामा शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ ।

गर्मी महिनाको समयमा यी पाँच चिजको सेवनले शरीरमा पानीको मात्राको आपूर्ति गरी डिहाइड्रेसनबाट बचाउन मद्दत गर्छ :

आँप : पोषक तत्वहरूले भरिएको आँप गर्मीमा पाइने र सबैलाई मनपर्ने फल हो । भिटामिन ए, सी, सोडियम, फाइबर र २० भन्दा बढी खनिजहरूले समृद्ध आँपको सेवनले प्रतिरोध क्षमता बढाउन मद्दत गर्नुका साथै मोटोपना, हृदयरोग र मधुमेहलाई नियन्त्रण गर्न मद्दत गर्छ । आँप ८८ प्रतिशत पानीले बनेको हुँदा यसको सेवनले शरीरमा तरलताको स्तरलाई कम हुन दिँदैन । यसमा क्यालरीको मात्रा धेरै हुने हुँदा खाइने मात्रालाई ध्यान दिन जरुरी हुन्छ ।

खरबुजा : खरबुजा ९२ प्रतिशत पानीले बनोको हुँदा गर्मीमा पाइने सबैभन्दा धेरै हाइड्रेटिङ फलमध्ये एक हो । फाइबर, भिटामिन सी, भिटामिन ए, म्याग्नेसियम, पोटासियम र लाइकोपाइन नामक एन्टिअक्सिडन्टले भरिएको खरबुजाको सेवनले डिहाइड्रेसनबाट मात्र नभई क्यान्सर र स्ट्रोकको जोखिमबाट पनि बचाउन सक्छ ।

सुन्तला : सुन्तलामा प्रशस्त मात्रामा पोटासियम पाइन्छ जुन गर्मीमा स्वस्थ राख्नका लागि महत्वपूर्ण हुन्छ । अत्यधिक गर्मीले पसिनाको माध्यमबाट पोटासियम निस्कासन गराउन सक्छ जसले मांसपेशीहरूमा दुखाइ ल्याउन सक्छ । सुन्तलाको सेवनले शरीरमा पोटासियमको मात्रा पुनः पूर्ति गर्न र हाइड्रेट राख्न मद्दत गर्छ । ८८ प्रतिशत पानी हुने सुन्तलमा भिटामिन सी, भिटामिन ए, क्याल्सियम र फाइबर पनि हुन्छ ।

काँक्रा : काँक्रामा प्राकृतिक शितलता प्रदान गर्ने तत्व हुन्छ । ९५ प्रतिशत पानीले भरिएको काँक्रामा न्युन मात्रामा क्यालरी हुन्छ । प्रचुर मात्रामा भिटामिन के, पोटासियम र म्याग्नेसियमयुक्त काँक्राले शरीरलाई डिटोक्सिफाई गर्न मद्दत गर्छ र छालालाई स्वस्थ र सुन्दर राख्छ ।

टमाटर : सबैभन्दा धेरै प्रयोग हुने तरकारीमध्ये टमाटर एक हो । यसलाई काँचै सलादको रुपमा पनि प्रयोग गरिन्छ । ९५ प्रतिशत पानीले भरिएको टमाटरले शरीरलाई भित्रबाट पोषण प्रदान गर्न मद्दत गर्छ । भिटामिन ए, बी २, र सी, फोलेट, क्रोमियम, फाइबर, पोटेसियम र फाइटोकेमिकलले भरिएको टमाटरको सेवनले क्यान्सर, प्रतिरक्षा प्रणालीका रोग र हृदय रोगहरूबाट बचाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *