पोखरा :  कास्की जिल्लाकाे पोखरा महानगरपालिका– ३३ बरमाझथरबासी लामो समयदेखिको खडेरीले पानीको चरम अभाव झेल्दै आएका छन् । खडेरीले पँधेरामा पानी सुकेको र दुई महिनादेखि लिफ्टिङसमेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पूर्ति  गर्ने भन्ने अवस्था बरमाझथरबासीलाई सिर्जना भएको हो।

स्थानीयवासीको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टिङमार्फत करीब १३० घरधुरीले पानी उपयोग गर्दै आएका थिए।

पिउने पानीका साथै गाईबस्तुलाई खुवाउने पानी कसरी जुटाउने भन्ने चिन्ता पनि थपिएको स्थानीयवासीले बताएका छन् । खुर्वादी हुडिकोट लिफ्टिङ सञ्चालन नहुँदा कटुजे, ओख्ले, खुर्वादी, कल्स्याङ्दीलगायतका स्थानमा पुगी गाग्रीमा पानी ल्याउने गरेेको स्थानीय बताउँछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *