काठमाडौं : पर्सा राष्ट्रिय निकुञ्जबाट शुरू गरिएको गैंडा गणना कार्य हिजो सकिएको छ। गैंडाको सङ्ख्या आज दिउँसो सार्वजनिक गरिने भएको छ।

आज एक पत्रकार सम्मेलनमार्फत् गैंडाको सङ्ख्या सार्वजनिक गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैंडा गणना थालिएको थियो। यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो। प्रत्येक पाँच-पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ।

पछिल्लोपटक सन् २०१५ मा गरिएको गणनामा नेपालमा कूल ६ सय ४५ वटा गैंडा भेटिएका थिए। तथ्यांकअनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा तीनवटा गैंडा भेटिएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *