२८, चैत्र: गुल्मीको चारपालामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का राम बहादुर खत्रीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो ।

शुक्रवार साँझ ६ बजेतिर गौडाकोटबाट चारपाला आफ्नो घर फर्किदै गर्दा चारपाला खर्ज्याङ सडकको प्रवेशद्वार घुम्टीदेखि २ सय मिटर पर कल्वर्टको पिलरबाट सडक भन्दा करिव ३ मिटर तल लु २३ प ५०६७ नम्बरको मोटारसाइकल संगै खसेर घाइते भएका खत्रीलाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको र भोलि पोस्टमार्टम पछि शव आफन्तलाई बुझाउने प्रहरीले बताइएको छ ।
मृतक खत्री स्थानिय ठुलोपोखरा माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन।
