काठमाडौं :माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र नयाँ सरकार गठन हुने र  सबै कालो बादल हट्ने बताएका छन्। शनिबार नेपाल   निजामती कर्मचारी संगठनको केन्द्रीय परिषद्‍ भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

‘अब केही दिनभित्रै नयाँ सरकार गठन हुन्छ। मलाई विश्वास छ, नयाँ सरकार गठन भएपछि छिट्टै सबै कालो बादल हट्छ,’ उनले भने, ‘यस बीचमा भएका ज्यादतीहरुलाई हामी नयाँ सरकारमार्फत हटाउँछौं।’

त्यस्तै उनले संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न र बनेका ऐनहरूलाई सक्रिय बनाउन नयाँ सरकारको आवश्यक परेको बताए। ‘हाम्रो विचार र भावना मिलेको थियो। त्यसलाई विछोड गराइयो। हामी त्यसलाई पुनर्मिलन गराउन चाहन्छौं। हामी फेरि राष्ट्रिय एकतालाई बलियो बनाउन चाहन्छौं ,’ उनले भने, ‘यदि त्यसो हुन सकेन भने फेरि एकपटक आन्दोलनमा जानुको विकल्प छैन। संविधान कार्यान्वयन र रक्षाका लागि पनि नयाँ विद्रोह आवश्यक पर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *