विराटनगर : भारतीय पञ्जाब पुलिस विराटनगरमा जारी विराट गोल्ड कप फुटबल प्रतियोगितामा शुक्रबार गोर्खा ब्जाइजलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा पञ्जाबले गोर्खा ब्जाइजलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो ।

निर्धारित समयमा गोल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि कसैलले अग्रता हासिल नगरेपछि खेल पेनाल्टी सुटआउटको चरणमा पुगेको थियो । ट्राइबेकरमा पञ्जाब पुलिसले गोर्खा ब्वाइजमाथि ४-२ गोलको जित निकालेको हो ।
ट्राइबेकरमा गोर्खा ब्वाइजका शक्ति राई र गाैरव श्रेष्ठले गोल गरे भने पञ्जाबका सरजित सिंहले, जितेन्द्र सिंह, बलजित सिंह र अर्शदीप सिंहले गोलको गरेका थिए ।
यससँगै पञ्जाब पुलिस क्वार्टरफाइनलमा पुगेको छ । अब उसले काठमाडौँ मछिन्द्र क्लबसँग खेल्ने छ । पञ्जाब क्वार्टरफाइनल पुग्ने दोस्रो टिम बनेको छ ।
शनिबार विराटनगर महानगरपालिका र भारतको वेस्ट बङ्गालबीच खेल हुनेछ । खेल साँझ ६ः३० बजे सुरु हँदै छ ।
