काठमाडौ, भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । भिटामिन बी अण्डा, मासु, दूध, चिज, माछामा अधिक मात्रामा पाइन्छ । भिटामिन बीले शरीरमा मेटाबोलिजमलाई बढावा दिन, डिएनए बनाउन, राता रक्त कोष निर्माण गर्नेलगायतमा सहयोग पु¥याउँछ ।

शरीरमा यसको कमीले यी काममा प्रभाव पर्नुका साथै विभिन्न समस्या उत्पन्न गराउन सक्छ । बी१२ को कमीले एनिमिया, थकान र स्नायुसम्बन्धी समस्या निम्त्याउन सक्छ । शरीरले लामो समयका लागि भिटामिन बी भण्डार गर्न नसक्ने हँुदा भिटामिन बीको नियमनित सेवन गर्नुपर्ने हुन्छ ।
वृद्धवृद्धा, गर्भवती तथा पहिलादेखि स्वास्थ्यमा समस्या भएका, शल्यक्रिया गरेका, मोटोपनाको समस्या भएका, एनेमिया, गम्भीर ग्यास्ट्रिक भएकामा वा कुनै औषधिको सेवन वा अत्यधिक रक्सी पिउने व्यक्तिहरूमा भिटामिन बीको कमी हुने सम्भावना बढी हुन्छ ।

