काठमाडौ, साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। यो साता आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो। त्यस्तै मंगलबार ३ सयले बढेको थियो। बुधबार ५ सयले बढेको सुन बिहीबार भने एक हजारले बढेको थियो। आज भने ९ सयले बढेको छ ।

गत हप्ता पनि आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो। बुधबार ४ सयले घटेको सुन विहीबार ९ सयले बढेको हो। शुक्रबार सुन ९ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ८९ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ४ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य २० रुपैंयाँले बढेको छ। चाँदी तोलामा एक हजार २८० मा कारोबार भइरहेको छ।

