राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा बिहीबार सम्पन्न भएको छ । अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।
सम्मेलनबाट राजनीतिक सांगठनिक र आर्थिक प्रतिवेदनसमेत पारित भएको छ ।
Post Views: 453

