काठमाडौ, सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रबार ११ बजेपछि आईपीओ बाँडफाँड गरेको हो।

सिंगटीले निष्कासन गरेको आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
योग्य आवेदक १५ लाख ५९ हजार ८ सय २ जना मध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् भने १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकको हात खाली भएको छ।
कम्पनीले चैत्र ६ गतेदेखि सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकितदरका २९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो। बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।
