विराटनगर: विराटनगर ११ ले बिहीबार भएको रात्रिकालीन विराट गोल्कप फुटबल प्रतियोगिताको पाँचौ संस्करणको उद्घाटन खेलमा विजय हात पारेको छ । विराटनगर ११ ले युनाइटेड फुटबल क्लब सिक्किमलाई २–१ ले हराएर क्वाटरफाइनल प्रवेश गरेको हो । खेेल सुरु भएकोआठौं मिनेटमा प्रकाश बुढाथोकीले ३० यार्डवाट प्रहार गरी पहिलो गोल गरेेेका थिए।प्रकाशले ५३ औं मिनेटमा निर्णायक गोल गरी उनी म्यान अफ द म्याच हुुन सफल भए । सिक्किमबाट १५ औं मिनेटमा साङगे छोपन भुटियाले १ गोल गरे । उनले आशिष देवानको पासलाई उपयोग गरेका थिए । आजको रात्रिकालीन खेलमा भारतको पन्जाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

