भोजपुर : चार्जमा राखेको मोबाइल फोन पड्किँदा एक महिला घाइते भएकी छन् ।घाइते हुुुने महिला षडानन्द नगरपालिका-१० की ५३ वर्षीय शर्मिला तामाङ हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार तामाङको हात, छातीलगायत ठाउँमा चोट लागेको छ।

घाइतेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
