काठमाडौ, धेरैजसो मानिसमा काखी वा अन्डर आर्ममा कालोपनको समस्या हुनेगर्छ । अन्डर आर्मको छाला कालो हुनाले गर्मी महिनामा खुला लुगा लगाउनसमेत लाज लाग्ने हुनसक्छ ।

पसिना छालाको रङ्ग कालो बनाउन जिम्मेवार हुन्छ । यदि कसैलाई काखीमा धेरै पसिना आउँछ भने अन्डर आर्म कालोपन हुने समस्या हुन सक्छ । पसिनाका साथसाथै मृत छाला, हेरय रिमुभल क्रिम, रेजरको प्रयोग, विभिन्न हानिकारक केमिकलले बनेको डियोको प्रयोगले अन्डरआर्मको छाला कालो हुन सक्छ ।

अन्डर आर्मको कालोपनबाट छुटकारा पाउनका लागि केही घरेलु उपचार गर्न सकिन्छ ।

– अन्डर आर्मको कालोपनबाट छुटकारा पाउनका लागि बेकिङ्ग सोडा प्रभावकारी हुनसक्छ । यसका लागि बेकिङ्ग सोडामा अलिकति पानी राखेर यसको पेस्ट बनाएर हप्तामा दुई पटकसम्म अन्डर आर्ममा लगाउन सकिन्छ ।

– दैनिक नरिवल तेलको प्रयोगले पनि अन्डर आर्मको कालोपनबाट छुटकारा पाउन सकिन्छ । यसका लागि अन्डर आर्ममा नरिवल तेलले मसाज गरेर १५ मिनेटका लागि छोड्नुपर्छ र पानीले पखाल्नुपर्छ ।

– अन्डर आर्मको कालोपनबाट छुटकारा पाउन एप्पल साइडर भिनेगरको पनि प्रयोग गर्न सकिन्छ । यसलाई पानीसँग मिसाएर कपासको सहयताले ५ मिनेटका लागि काखीमा राख्न सकिन्छ । वा, एप्पल साइडर भिनेगरलाई बेकिङ्ग सोडामा मिसाएर पनि प्रयोग गर्न सकिन्छ । यसको पेस्ट बनाएर पाँच मिनेटका लागि अन्डर आर्ममा लगाएर पानीले पखाल्न सकिन्छ ।

– दैनिक नुहाउनअघि दुईदेखि तीन मिनेटका लागि कागतीलाई अन्डर आर्ममा लगाउनाले चाँडै परिणाम देखिन सकिन्छ ।

– अन्डर आर्मको कालोपनबाट छुटकारा पाउन आलुको रस पनि प्रभावकारी हुनसक्छ । आलुको सानो टुक्रा वा यसको जुसलाई काखीमा १० देखि १५ मिनेट लगाउन सकिन्छ । दिनको दुई पटकसम्म यसको प्रयोग गर्नाले चाँडै परिणाम देख्न सकिन्छ ।

– दैनिक एलोभेराको प्रयोगले पनि अन्डर आर्मको कालोपनबाट छुटकारा पाउन सकिन्छ । यसका लागि अन्डर आर्ममा १५ मिनेटका लागि एलोभेरा लगाएर छोड्नुपर्छ र पानीले पखाल्नुपर्छ ।

– त्यस्तै, दही, बेसार, बेसन र कागतीको रसलाई मिसाएर बनाएको पेस्टले पनि कालोपनबाट छुटकारा पाउन मद्दत गर्छ । यसलाई दैनिक २० मिनेटका लागि प्रयोग गरेर चाँडै परिणाम देखिन सकिन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *