प्रतियोगिताका लागि सहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको आयोजकले जनाएको छ। यस गोल्डकपमा प्रदेश सरकार र विराटनगर महानगरपालिकाबाट आर्थिक सहयोग उपलब्ध भएको छ।

खेलमा तीन विदेशी टिमसहित १० वटा टिमको सहभागिता रहने छ। मनाङ-मर्स्याङ्दी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टीमको खेलमा सहभागिता रहने आयोजकले जनाएको छ। विजेताले १५ लाख १५ हजार तथा उप विजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
