सर्लाही : मलङ्गवा १०,सर्लाहीबाट बुधबार चोरी भएको मोटरसाइकलमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकलका धनी रामबाबु राउतले आफ्नो ना१प२१४८ नम्बरको मोटरसाइकल चोरी भएको निवेदन बुधबार दिउँसो १ बजे प्रहरीमा दिएका थिए। प्रहरीले साँझ ६ बजे नै मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको थियो। मलङ्गवा–९ का मोहम्मद सद्दाम हुसेनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
