काठमाडौं, नेपालमा बिहीबार थप तीन सय ३२ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज चार हजार छ परीक्षण गर्दा तीन सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।

यस्तै आज ७९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार छ सय आठ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५४ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *