काठमाडौँ । चितवन, खैरहनी नगरपालिका-१ ज्यामिरेचोकस्थित सडकमा ना.८ ख ५८७५ नम्बरको टिपरले ना.५१ प ९६०३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-१ बस्ने ५५ वर्षीय दिल कुमार थापा मगरको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कास्की पोखरा महानगरपालिका-३० शिशुवा चोकमा ग.१ ज २२५८ नम्बरको ट्याक्सीले ग.१२ प ४७०७ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-३१ भञ्ज्याङ बस्ने ६५ वर्षीय सोमराज सापकोटाको मृत्यु भएको छ ।
ट्याक्सी र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
