काठमाडौं,   बजारमा बुधबार सुनको मूल्यमा पाँच सयले वृद्धि  भएको छ । आज छापावाला सुन तोलाको ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार पाँच सयले वृद्धि भएको तेजाबी सुन आज ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य १२ सय ३५ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *