काठमाडौं, नेपाली चलचित्र  ‘घिन्ताङ’ को छायाँकन अघिनै अनुवन्धित भएका २ नायिकाले चलचित्र छोडीसकेका छन्। सुरुमा चलचित्र साइन गरेकी नायिका एलिजा गौतमले यो चलचित्र छाडेपछि चलचित्रका निर्देशक दीपक श्रेष्ठले नायिका लक्ष्मी वर्देवालाई राखेर चलचित्रको छायांकन सुरु हुने जनाएका थिए।

तर, दीपकलाई कोरोना संक्रमण भएपछि छायांकन समय रोकियो। चलचित्रको छायांकन सुरु हुन नसकेपछि लक्ष्मीले पनि यसबाट हात झिकेकी छिन्। लक्ष्मीले अर्को चलचित्रको छायांकन मितिसँग यसको छायांकन मिति जुधेपछि चलचित्र छाडेको जानकारी गराएकी छिन्।

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले फेरी नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन्। चलचित्रको वैशाख ६ गतेबाट छायांकन सुरु हुनेछ। चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिका रहेकाे छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *