मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुविधा पनि उत्पन्न हुनसक्छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

स्थान परिवर्तनका विशेष योग देखिन्छन् । मनोरञ्जनमा सहभागी भइएला । रोकिएको धन हात पर्नेछ, तर साँझमा पैशा खर्च हुने योगछ ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ । । सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयरबाजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *