काठमाडौं। चीनले अनुदान सहयोगमा दिएको कोभिड-१९ विरुद्धको खोप आजदेखि लगाइने भएको छ। चीनले दिएको ८ लाख डोज खोप आजदेखि २३ वटा खोप केन्द्रबाट लगाइने भएको हो।

सरकारले चीन पढ्न जाने विद्यार्थी र चीनतर्फको सामान व्यापार गर्ने व्यापारीलाई प्राथमिकतामा राखेको छ।
चीन सरकारले चीनियाँ खोप नलगाएका नागरिकलाई चीन प्रवेश नदिने घोषणा गरेसँगै चीन जाने विद्यार्थी र व्यापारी प्राथमिकतामा परेका हुन्।
