मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका वैदेशिक कार्य अघी बढ्नेछ । शेयरमार्केटमा पनि सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट पनि लाभलिन सकिनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विद्यामा पनि सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

