कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि भारतको नयाँ दिल्लीमा रात्रीकालिन कर्फ्यूको भएको छ। भाइरसको रोकथाम गर्न बेलुका १० बजेदेखि बिहान ५ बजे सम्मका लागि अप्रिल ३१ सम्म रात्रिकालीन कर्फ्यूको घोषण गरेको हो।

पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ९ सय ८२ जना कोभिड–१९ नयाँ संक्रमित थपिएका छन्। भारतमा १२ लाख सात हजार कोरोना संक्रमित बिरामीहरू छन्। भारतमा एकै दिन ४ सय ४६ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ।
