काठमाडौं, बलिउडकी प्रसिद्ध अभिनेत्री कैटरीना कैफ पनि कोरोना संक्रमित भएकी छिन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूलाई कोरोना भाइसको संक्रमण भएको जानकारी दिएका हुन्।

कैटरीनाले आफ्नो पोष्टमा लेखेकी छन्, ‘म कोभिड-१९ पोजिटिभ भएकी छु। मैले तुरुन्तै आफूलाई अलग गरिसकें र घरमै क्वारेन्टिनमा हुनेछु। डाक्टरहरूको सल्लाहमा, म मेरा सबै सुरक्षा प्रोटोकलहरू अपनाउँदैछु। मसँग सम्पर्कमा आउने सबैलाई कोरोना परीक्षण गराउन अनुरोध गर्दछु।’

पछिल्लो समय मुम्बईमा कोरोना संक्रमण बढ्दो छ। यो सँगै धेरै बलिउड कलाकारहरू पनि कोरोना संक्रमित बनेका छन्। यसैक्रममा अमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दा जस्ता ठूला कलाकारहरू पनि संक्रमित भइसकेकाछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *