काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा छन् ।

उनको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्बा, विजय लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ । उपचारपछि रुम्बालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

