काठमाडौं : सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।  पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको हाे ।

संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।

आज काठमाडौं उपत्यकामा प्रहरीले मुख्य चोकहरुमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।आज सोमबार काठमडौ उपत्यकामा जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना रहनअपनाउन र सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

प्रहरीले माइकिङ गरेर मास्क, प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *