काठमाडाैं :काठमाडाैं उपत्यकामा कोरोना भाइरस संक्रमण बढेसँगै सुरक्षा मापदण्ड अपनाउन थालिएकाे छ ।साेमबार काठमाडाैंमा महानगरीय प्रहरी परिसर काठमाडौंले माइकिङ गरी नागरिकलाई सचेत गराउन थालेको हाे ।

त्यस्तै, सडकमा हिँड्नेहरूलाई मास्क वितरण गर्ने, हात राम्ररी धुने र स्यानिटाइजरको प्रयोग गराउन थालेको हो।काठमाडौं परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार सोमबारदेखि समुदाय प्रहरी साझेदारीअन्तर्गत माइकिङ गर्न थालिएको हो।
काठमाडौंमा मानिसहरू धेरै भेला हुने ठाउँमा एउटा डेस्क राखेर १४ वटा वृत्तको १४ वटा ठाउँमा माइकिङ गर्न थालिएको हो,’ उनले भने,’नौ बजेदेखि माइकिङ गरिन्छ।’महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौं मल अगाडि माइकिङ गर्न परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहसमेत पुगेका थिए।
महाराजगन्ज चोक, जोरपाटी चोक, गौशाला चोक, बानेश्वर चोक, कालिमाटी चोक, कीर्तिपुर पाँगा दोबाटो चोक, नागढुंगा चेकपोष्ट, भगवान पाउ, बालाजु चोक, स्रोहखुट्टे चोक, पुतलीसडक, रत्नपार्क, भाटभटेनीमा माइकिङ गर्न थालेको हो।

