काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला परेका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक लाख तीन हजार ५५८ नयाँ संक्रमित फेला परेका हुन् । नयाँ संक्रमित यो संख्या अहिलेसम्मकै धेरै हो।

यससँगै भारतमा कोरोना संक्रमितको समग्र संख्या एक करोड २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४७८ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण एक लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भारतमा कोरोनाबाट सबैभन्दा प्रभावित महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा ५७ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । महाराष्ट्र सरकारले कोरोना संक्रमण बढेसँगै रात्रिकालीन कर्फ्यू तथा सप्ताको अन्तिम दिन लकडाउनको घोषणा गरेको छ ।
सोमबार साँझदेखि महाराष्ट्रमा सरकारले शपिङ मल, सिनेमा हल, बार, रेष्टुरेन्ट र प्रार्थनास्थलहरु बन्द हुनेछन् ।
एजेन्सीहरुको सहयोगमा

