

एकपछि अर्को कलाकारलाई कोरोना संक्रमण भएको सामाचारहरु आइरहेका छन् । यसैबीच आइतबार कोरोना संक्रमित भएका अक्षय कुमार आज अस्पताल भर्ना भएका छन् ।
उनीपछि अभिनेत्री भूमि पेडनेकर, विक्की कौशल, एजाज खान र शुभांगी अत्रेलाई पनि कोरोना संक्रमण देखिएको छ । भूमि र विक्कीले पनि आफूलाई कोरोना संक्रमण भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनीहरुहरुले अहिले आफूहरु होम क्वारेन्टाइनमा बसेको बताएका छन् ।
यस्तै आमिर खान, आलिया भट्ट, फातिमा, आर धाधवन, परेश रावल, मिलिंद सोमन, रेश ३ का डाइरेक्टर रमेश तेरानी, इण्डियन आइडलका एंकर आदित्य नारायण, गोविन्दा लगायतका कलाकारमा पनि संक्रमण देखिएको छ ।