राजेन्द्र बोहरा                                                  कोविड १९ (कोरोना भाइरस) का  कारण देशभर मृत्यु  हुने क्रम  बढेपछि  बंगलादेश  सरकारले  सोमबारदेखि सातदिनसम्म देशव्यापी लकडाउन गर्ने निर्णय गरेको छ।                                                                      त्यहाँका सडक यातायात मन्त्री ओबैदुल कदेरले शनिबार ढाकामा सञ्चार माध्यमसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । ढाका संचार माध्यमका अनुसार बंगलादेशमा शुक्रबारमात्र ६८३० जना नयाँ संक्रमित देखा परेका थिए ।सो  सङ्ख्या  त्यस दिनसम्म  एकै  दिनमा  देखिएका  संक्रमितमा  सबैभन्दा  ठूलो सङ्ख्या हो । शुक्रबारसम्म  संक्रमितको सङ्ख्या ६२४५९४ पुगेको  छ भने  मृतकको  सङ्ख्या ९१५५ पुगेको छ।

कोरोना भाइरसको फैलावटलाई रोक्न सोमबारदेखि सातदिनसम्म गरेको लकडाउनमा बंगलादेश सरकारले राजनीतिक,धार्मिक, सामाजिकलगायत सबै  प्रकारका भेला-सम्मेलनमा रोक लगाउने,अदालत तथा कार्यालय पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको कुरा त्यहाँका  लोक प्रशासन राज्यमन्त्री फरहाद हुसेनले शनिबार ढाका संचारलाई  बताएका छन्। उनले  उद्योग-कलकारखाना भने खुला रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *