काठमाडाैं:  केही दिन पहिले अभिनेत्री प्रियंका कार्की आमा बन्ने खबर सार्वजनिक भयाे । उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उक्त कुराबारे जानकारी गराएकी थिइन्।

उनले आज पनि सामाजिक सञ्जालमा ‘बेबी बम्प’ देखाउँदै तस्बिर सार्वजनिक गरेकी छन्।  फोटोसँगै उनले पेटको बच्चालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘मलाई आसा छ तिमि सानो भए पनि कति धेरै मायाले घेरिएका छौं भन्ने थाहा होला।’

प्रियकाले सेयर गरेको श्यामश्वेत तस्बिरमा निकै खुशी देखिएकी छन्।

प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका थिए। विवाहपश्चात उनीहरू भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *