राजेन्द्र बोहरा : सोमबार बेलुका नेपालको पूर्वी क्षेत्रमा भूकम्प गएको छ। जानकारीअनुसार बेलुका ९:०४ मा भूकम्प महसुस भएको हो। सिक्किम भारतको राजधानी गान्तोकबाट २५ कि मि दक्षिणपूूूूर्व केन्द्र भई गएको भूकम्प उत्तरपूर्वी सिक्किम, उत्तर बंगाल, आसाम र भूटानको पश्चिमी भागमा पनि महसूस गरिएको छ। भूकम्प ५.४ रेक्टर स्केल मापन गरिएको, भारतको राष्ट्रिय भूूूकम्प मापन केेेन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वी नेपालका झापा ,इलाम, मोरङ, सुनसरी,भोजपुर, संंखुुवासभा,खोटाङलगायतका जिल्लाहरूमा महसुस भएको छ।

