काठमाडौं: काठमाडाैंमा काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि उपत्यका प्रवेशमा कडाइ गरिएकाे छ । अब काठमाडाैं उपत्यका प्रवेश गर्न अनिवार्य रूपमा एन्टीजेन परीक्षण गर्नु पर्ने भएको हाे ।

आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
