काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। आज ४५३६ जनामा पि.सि आर परिक्षण गरिएको थियो।

सोमबार थपिएको २६६ संक्रमित संगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ। हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ जनाको पि सि आर परिक्षण भएको छ।
आज कोरोना संक्रमण बाट ४ जनाको मृत्यु भएको छ। यो संगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा १०२ जना कोरोना मुक्त भएका छन् ।
हालसम्म २ लाख ७३ हजार ३४२ जना संक्रमण मुक्त भएको, १ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
