राजेन्द्र बोहरा                                            काठमाडौं  : “फूलबुट्टे सारी “बोलको गीत गाएर विउन्सी फ्यामेसी नामकी एक अफ्रिकन गायिका अहिले  निकै चर्चामा छिन्।राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीत मेल,फिमेल र चाइल्ड भर्सनमा सर्वाधिक लोकप्रिय भइसकेको हो।वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा समेत लोकप्रिय यो गीत विउन्सीको गला र जिब्रोबाट ध्वनित भएपछि फरक आयामतर्फ विकास हुन पुगेको छ। यस गीतलाई हाल अन्य विदेशीहरूले पनि गाउन रुचाएको पाइएको छ।                                                                                                               यो गीत गाएसँगै विउन्सी अहिले सामाजिक सञ्जालहरूमा भइरल नै भएकी छन्। टिकटकमा उनको गीतमा लिप्सिङ गर्नेहरूको ठूलो लहर नै चलेको छ ।उनको विदेशी जिब्रोले यस गीतका शब्द उच्चारण हुुँदा प्राप्त हुने मिठास साँच्चै नै अलौकिक छ। यस्तो लाग्छ,यस गीतले प्राप्त गर्ने उपलब्धिको पूर्णताका लागि विउन्सीको स्वर अत्यन्त आवश्यक थियो।                                                                                                 लकडाउनका कारण नेपालमा बस्न बाध्य भएकी युगान्डाकी विउन्सी नेपाली भाषा बोल्न थालेकी छन्। नेपाली भाषाप्रतिको मोहसँगै उत्पन नेपाली गीत गाउने उनको इच्छा “फूलबुट्टे सारी” गाएर पूरा गरेकी छन् ।तर यो गीतले मात्र उनको इच्छाविराम भएको छैन।अतिरिक्त समयमा पनि यहाँका गीत गुन्गुनाइरहने विउन्सी नेपाली गीतमा अझै स्वर दिन चाहन्छिन्।
विउन्सीले एउटा नेपाली फिल्मका लागि पनि गीत गाइसकेकी छन्।उनले द्वन्द निर्देशक राजेन्द्र खड्कीको फिल्ममा गीत गाएकी हुन्। खुसमिजासका साथ अरूसँग प्रस्तुत हुने विउन्सी आफूलाई नेपाल असाध्यै मन पर्ने कुरा बताउँछिन्।नेपालप्रतिको मोहभावले उनीभित्र यस्तो चाहना पनि विकास भएको छ कि विउन्सीलाई नेपाली केटासँग विवाह गर्ने इच्छा जागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *