काठमाडौं: साताकाे अन्तीम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेकाे हाे । सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबारकाे तुलनामा शुक्रबार सुनकाे मूल्य ९ सय रूपैयाँले बढेकाे हाे ।

शुक्रबार छापावाल सुनकाे मूल्य प्रतिताेला ८७ हजार ४ सय रूपैयाँ निर्धारण भएकाे छ । विहीबार साे सुन प्रतिताेला ८६ हजार ५ सयमा कारोबार भएको थियाे ।
यस्तै तेजावी सुनकाे मूल्य आज ताेलाकाे ८६ हजार ९ सय ५० रूपैयाँ निर्धारण भएकाे छ । तेजाी सुन हिजाे ८६ हजार ५० रूपैयाँमा काराेबार भएकाे थियाे ।
शुक्रबार चाँदीको मूल्य १२४० रुपैयाँ प्रति तोला रहेको महासंघले जनाएको छ ।

