काठमाडौं: मन्त्रिपरिषद आकस्मिक बैठक सकिएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न नसकेपछि शुक्रवार बिहान बैठक बसेको एक मन्त्रीले बताए।

बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। बोर्डको अध्यक्षका लागि हुमागाईंसहित लेखनाथ शर्मा पंगेनी र रमेशकुमार खड्काले आवेदन दिएकोमा सरकारले हुमागाईंलाई नियुक्त गरेको हो। उनी नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुन्।

त्यस्तै बैठकले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिमा पनि पदाधिकारी नियुक्ति गरेको छ। सरकारले समितिको अध्यक्षमा डा. किरण पौडेल र सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य वरुणलाई नियुक्त गरेको ती मन्त्रीले जानकारी दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *