काठमाडाैं: नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । बिहीबार थपिएका १५२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएका छन् भने हालसम्म नेपालमा २२ लाख ७५ हजार ५ सय ४० पीसीआर परीक्षण भएका छन् ।
यस्तै, २४ घण्टामा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । त्यस्तै १ हजार ५ सय ७९ जना आइसोलेसनमा र ६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
