काठमाडौं । नेपाली युवा ब्याटमिन्टन स्टार प्रिन्स दाहालले आफूले आगामी वर्ष जित्ने हरेक प्रतियोगितावापत ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने बताएका छन् ।

फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने लक्ष्यसहित प्रिन्सले यस्तो घोषणा गरेका हुन् ।

उनले बुधबार आफ्नो सामाजिक सञ्जालमा २०७८ सालमा आफूले जित्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितको ५ हजार रुपैयाँ फाउन्डेसनलाई दिने निर्णय गरेको लेखेका छन् । यस्तै उनले यस्तै सहयोग गर्न अरुलाई पनि अनुरोध गरेका छन् ।

घरेलु ब्याडमिन्टनमा पछिल्लो समय सिनियर खेलाडीहरुलाई हराउँदै विभिन्न उपाधि जित्दै आएका प्रिन्स विश्व ब्याडमिन्टनको जुनियरतर्फ तेस्रो वरियतामा छन् । उनले यस वर्ष तीनवटा प्रतियोगिताको उपाधि जितेका थिए । जसक्रममा उनले रत्नजीत तामाङ, दीपेश धामीजस्ता खेलाडीलाई पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *