महोत्तरी : महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती बेपत्ता भएका छन् ।

हिजो दिउँसो समूहमा घाँस काट्न गएका उनीहरु राति अबेरसम्म नफर्किएपछि स्थानीयले रातभर खोजी गर्दा पनि फेला पार्न सकेका छैनन्। स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान र अर्चना पासवान बेपत्ता छन् ।

यस्तै १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान पनि बेपत्ता भएको स्थानीयले बताएका छन्। बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित छन्। भंगहा सशस्त्र बेस क्यापबाट पनि प्रहरी खटाइएको छ ।

बालबालिका र युवती बेपत्ता भएसँगै भंगहामा त्रास फैलिएको भंगाहा नगरपालिका वडा नम्वर ८ का सचिव तनुकलाल दासले बताउनुभयो ।

घटना गम्भिर प्रकृतिको भएकाले सुक्ष्म रुपमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *