काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा राजनीतिक घटनाक्रम, संसद अधिवेशन, वैकल्पिक सरकार निर्माणलगायतका विषयमा छलफल भएको थियो। स्रोतका अनुसार भेटमा देउवाले माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले स्पष्ट निर्णय गरेपछि मात्र कांग्रेसले अग्रसरता लिनसक्‍ने बताएका थिए। भेटमा प्रचण्डले कांग्रेस मौन बसेर रमिता हेर्दा ‌प्रधानमन्‍त्री केपी ओलीको स्वेच्छारिता बढेको भन्दै ओलीको विकल्प खोज्‍न ढिलाइ भइसकेको बताएका थिए।

यसअघि पनि प्रचण्डले देउवासँग पटकपटक भेटेर वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिन आग्रह गर्दै आए पनि देउवा पर्ख र हेरको रणनीतिमा छन्। त्रिशंकु संसद्को अंकगणित र सत्ता खेलमा अल्झिनुभन्दा चुनावमा जानु ठीक हुनेमा देउवाको जोड रहँदै आएको छ। भेटबारे बुझ्‍न खोज्दा  सभापति देउवाका स्वकीय सचिव भानु देउवाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिए।                                                                        ——-अन्नपूर्ण पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *