काठमाडौं: मनास्लु वर्ल्ड  कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित भएका छन ।रिपोर्टस क्लब नेपालको २३ औ वार्षिक समारोहमा विगत डेढ दशक देखि शिक्षा क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याए बापत “शिक्षासेवी विशेष सम्मान बाट उनलाई सम्मान गरिएको हो। उनलाई   कार्यक्रमका प्रमुख अतिथि  नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन ।

सम्मानित भए पछि  खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा रिपोर्टर्स क्लबलाइ धन्यबाद दिएका छन। साथै उनले सो  सम्मान आफुलाई  जन्म दिने महान आमा जो एउटा अक्षर पनि पढ़न र लेख्न  नसके पनि पढेर असल मान्छे बनेर समाज र राष्ट्रको सेवा गर्नु पर्छ भनेर सधै प्रेरणा दिईरहने प्रेरणादायी श्रीमाया लामा र असल सत्कर्ममा लगाउने, इमान्दारिता र नैतिकवान का पर्यायी  धर्म गुरु  उनका  बाबा जबर जंग लामाको  साथै निस्वार्थ ढंगले सधै साथ र सपोर्ट गर्ने परिवारका सम्पूर्ण सदस्यहरुको साथै शुभचिन्तकहरु प्रति  समर्पण गर्न चाहेको बताएका छन।

साथै उनले  सो सम्मानले आफुमा थप जिम्मेवारी थपिएको महसूस गरेको र नेपालको शैक्षिक बिकास र उन्नयनमा अझ केहि गर्ने प्रेरणा मिलेको बताएका छन ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *