मोरङ :प्रहरीले मोरङका दुई  बेग्लाबेग्लै स्थानबाट लागूूऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ ।                                                                                         मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित मधुमल्ला बजारमा सोमबार दिउँसो वर्ष २२ को करण लिम्बू र वर्ष २७ को सन्चामान सुब्बालाई प्रतिबन्धित लागुऔषधसहित इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले पक्राउ गरेको हो ।                                                              प्रहरीले ट्रामाडोल चार सय ४४ पत्ता,स्पासपेन २४ पत्ता रनाइट्रोजन २ पत्तासहित उनीहरुलाई  प्रहरीले  पक्राउ गरेको हो।

यसै गरी उर्लाबारी–४ स्थित आइतबारे बजारबाट इलाका प्रहरी कार्यालय उर्लाबारीले सोमबार साँझ लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा २७ वर्षीय युवराज कटुवाल,२२ वर्षीय कमल दाहाल र १९ वर्षीय रञ्जित चौधरी रहेका छन्। उनीहरुका साथबाट प्रहरीले प्रतिबन्धित ट्रामाडोल २० पत्ता, स्पासपेन २० पत्ता बरामद गरेको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *