काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी रूपमा  अभियान चलाइने बताएका छन् । उनले देशभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।

अध्यक्ष ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेपछि नेता नेपालबाट यस्तो  प्रतिक्रिया आएको हो । नेता नेपालले ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताए ।                                                                                                                 नेता नेपालले भने, ‘केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष होइन ।  उहाँले एमालेको केन्द्रीय कमिटी भङ्ग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।’                                                                                       निलम्बन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापी रूपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । नेपालले भने, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइन्छ ।’

“अब देशव्यापी रूपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जान्छ । केपी ओलीको चुनौतीको सामना गरिन्छ । सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन म आह्वान गर्न चाहन्छु, “नेता नेपालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *