यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ ।
हाल क्वारेन्टिनमा ५३ जना छन् भने आइसोलेसनमा एक ३९० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
