उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी गर्नुपर्ने, सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई दिनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीका अध्यक्ष केशव भण्डारीले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
