काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका नेताहरुला ई सोमबार बिहानै टेलिफाेन गरेका छन् ।  प्रचण्डको फोन आउँदा मधेसी नेताहरु नयाँ सरकार गठनबारे कुरा गर्न लागेका हुन् भन्ने सोचाइमा थिए । तर, प्रचण्डले राजनीतिको कुरो गरेनन् ।

प्रचण्डले होलीको शुभकामना दिनका लागि मधेसी नेताहरुलाई बिहानै टेलिफोन गरेकाे जसपाका एक नेताले बताए । प्रचण्डले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुलाई फोन गरेर होलीको शुभकामना दिएका थिए ।

पहाड र तराईमा दुई दिन मनाइने होली पर्व आइतबार उपत्यका र पहाडमा मनाइयो भने सोमबार तराई–मधेसमा मनाउने प्रचलन छ ।

ओलीविरोधी समीकरणमा आउन हिच्किचाइरहेका मधेसी नेताहरुलाई प्रचण्डले राजनीतिक कुराकानी नगरे पनि होलीको शुभकामना दिएर सम्बन्ध सुधार्न खोजेको हुन सक्ने जसपा नेताहरु बताउँछन् । जसपाका एक नेताले भने, ‘उहाँले फोन गरेर होलीको शुभकामना दिनुभयो, हामीले पनि शुभकामना दियौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *