काठमाण्डाैं: नेपाल त्रिदेशीय फुटबल कपकाे उपाधि विजेता भएकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएकाे हाे ।

नेपालका लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । पहिलाे हाफमा नेपालले दुई–शून्यकाे अग्रता बनाए पनि दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गरेकाे हाे । बङ्गलादेशले खेलकाे ८३ औँ मिनेटमा गाेल फर्काएकाे हाे ।
फुटबल प्रतियोगिताको फाइनल गेम हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका थिए । ओलीले पूरै समय गेम हेरेर बसेका थिए । नेपालले गोल गरेपछि ओलीले उठेर ताली बजाएका थिए।
