काठमाडौँ :राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने बताएकी छन् ।

फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रिपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी हुन्  ।

उनले सन्देशमा कोभिड–१९ को महामारी टरिनसकेको अवस्थामा पूर्ण सवधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउनसमेत अनुरोध गरेकी छन् ।

उनले होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्ने र लोक संस्कृतिको प्रवर्द्धन गर्न उत्प्रेरणा प्रदान गर्ने सन्देशमा उल्लेख गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *