ताप्लेजुङ : मृत फेला परेकी पाथीभरा याङवरका–३ तिरिङ्गेकी ३६ वर्षीया विमला डाँगी बस्नेतको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

बुधबार बेलुका उनको शव फेला परेको थियो । उनको काका ससुरा नाता पर्ने ३७ वर्षीय घनश्याम बस्नेतले हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।

घनश्यामले हत्या गरेको व्यहोरासहितको  विमलाका श्रीमान् रामकुमार बस्नेतले दिएको जाहेरी  प्रहरीले शुक्रबार दर्ता गरेको छ ।  घनश्यामले डालेघाँस काटिदिन्छु भनी लगेर बीभत्स हत्या गरेको जाहेरीमा उल्लेख छ । घनश्याम पनि घाँटीमा पासो लगाएर रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । विमलाको हत्या भएको ठाउँभन्दा ८ सय मिटरमाथि उनको शव भेटिएको थियो ।

बुहारीको हत्यापछि आत्महत्या  गरेको हुन सक्ने प्रहरीको अनुमान छ। विमला सासू-ससुरा र १३ वर्षीय छोरासँग बस्दै आएकी थिइन् । ट्रक चालक श्रीमान् भने  झापामा बस्ने गर्छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *